मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

नेपालभ्युज

मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई घुससहित पक्राउ गरेको छ।

प्रमुख झालाई सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयको टोलीले ५ लाख घुस रकम सहित पक्राउ गरेको हो।
जनकपुरधामको भानुचोकस्थित एक चिया पसलबाट आज सोमबार बिहान अख्तियारको टोलीले झालाई नियन्त्रणमा लिएको हो।

झामाथि जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएको आरोप छ। उनलाई प्रक्रिया पुर्‍याएर अख्तियारको बर्दिबास कार्यालय ल्याउन लागेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved