मिथिला नगरपालिकामा एमालेले बहालवाला मेयरलाई नै टिकट दिने

नेपालभ्युज

मिथिला नगरपालिकामा एमालेले बहालवाला मेयरलाई नै टिकट दिने

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि धनुषाको मिथिला नगरपालिकाबाट नेकपा एमालेले वर्तमान मेयर हरिनारायण महतोलाई पुनः मेयर पदको उम्मेदवारमा सिफारिस गरेको छ।

आइतबार बसेको मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्व सहमति रुपमा पुनः महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा मेयर महतो, रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले लगायत चारजनाले मेयर पदको उम्मेदवारका लागि दावी पेश गरेका थिए। पछि बैठकमा तीनैजनाले समर्थन गरी आफूलाई मेयर पदको उम्मेदवार बन्न सर्वसहमत निर्णय भएको मेयर महतोले बताए।

गत २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved