मधेश प्रदेशमा सत्तारुढ दलले गठबन्धन गर्न चासो देखाएन, कांग्रेसको आनाकानी

नेपालभ्युज

मधेश प्रदेशमा सत्तारुढ दलले गठबन्धन गर्न चासो देखाएन, कांग्रेसको आनाकानी

जनकपुरधाम। मधेश प्रदेशमा स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्ने भनेका दलहरूले अझै यसलाई मूर्त रूप दिन सकेका छैनन्। चुनावी तालमेल मिलाउन आज बस्ने भनिएको सत्तारू दलहरूको बैठक नबसेको हो।

एक साताअघि मधेश प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधामस्थित नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा यसबारे बैठक बसेको थियो। उक्त बैठकमा २२ चैतसम्म आ-आफ्नो पार्टीको पालिकाखि जिल्ला कमिटीले संगठनको अवस्थाबारे जानकारीसहित रिपोर्टिङ गरी प्रतिवेदन बुझाउने भनिएको थियो। बैठकले प्रतिवेदन प्राप्त भएपछि २७ चैतमा पुनः बैठक बस्ने निर्णय गरेको थियो। तर बैठक बसेन।

गठबन्धन बैठकका लागि अगुवाइ गरेका कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवले पहलकदमी नलिँदा बैठक हुन नसकेको गठबन्धनका दलहरूले बताएका छन्।

गठबन्धन घटक दल नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले विभिन्न जिल्लामा गठबन्धन दलबीच बैठक हुन बाँकी रहेकाले आइतबार भनिएको बैठक हुन नसकेको बताए।
अध्यक्ष बुढाथोकीले अधिकांश जिल्लामा गठबन्धनको बैठक बस्न नसकेकाले आजको बैठक नबसेको बताए।

गठबन्धन बैठक बस्न नसकेपछि मधेश प्रदेशमा चुनावी गठबन्धन के होला भन्ने आशंका बढेको छ।

सत्ताघटक दल जनता (समाजवादी पार्टी) नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बैठकका लागि कांग्रेसले अहिलेसम्म अन्य दलसँग छलफल नै नगरेको बताए। उनले बैठक बोलाउने जिम्मा कांग्रेसलाई पनि बैठक नबोलाएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved