रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतो जनकपुरधाम उपमहानगरमा स्वतन्त्र मेयर उम्मेदवार

‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौँ’ भने मुल नाराका साथ महतोले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

नेपालभ्युज

रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतो जनकपुरधाम उपमहानगरमा स्वतन्त्र मेयर उम्मेदवार

जनकपुरधाम। रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौँ’ भने मुल नाराका साथ महतोले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

शनिबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको जानकारी गराए।

पत्रकार सम्मेलनमा बोल्दै महतोले कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेर आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको बताए।

महतोले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए।

महतोले विकास, विकास र विकास बाहेक अरू कुनै पनि अर्को एजेन्डा नभएकोले यसपटक मेयरमा जनकपुरबासीले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved