सरकारले बढायो उपत्यकामा सार्वजनिक सवारीको भाडा, नयाँवर्षदेखि लागू हुने (सूचीसहित)

अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी चढ्ने यात्रुहरुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्नेछ।

नेपालभ्युज

सरकारले बढायो उपत्यकामा सार्वजनिक सवारीको भाडा, नयाँवर्षदेखि लागू हुने (सूचीसहित)
फाइल तस्वीर

काठमाडौं। सरकारले आगामी नयाँवर्षदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। बागमती प्रदेश सरकारले १ वैशाख २०७९ देखि लागू हुनेगरी भाडादर बढेको हो।

नयाँ भाडादरअनुसार अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी चढ्ने यात्रुहरुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्नेछ।

प्रदेश सरकारले ट्याक्सीको पनि भाडा बढाएको छ। जसअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर १० रुपैयाँ कायम गरिएको छ भने प्रतिक्षा शुल्क प्रतिमिनेटको १.२० रुपैयाँ कायम गरिएको छ।

यस्तै, विद्युतीय माध्यमबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर नौ रुपैयाँ कायम गरिएको छ। प्रदेश सरकारले मालबहाक सवारी साधनको पनि १३ प्रतिशत भाडा बढेको छ।

यस्तो छ नयाँ भाडादर:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved