भुग्देउका तेक्वान्दो खेलाडीलाई ट्राउजर र टिसर्ट वितरण

सरस्वती डोजाङ भुग्देउका खेलाडीलाई १ लाख १५ हजार बराबरको सामाग्री सहयोग गरिएको हो। नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिका सदस्य तथा समाजसेवी भगवान् अधिकारीले खेलाडीहरूलाई ट्राउजर हस्तान्तरण गरे।

नेपालभ्युज

भुग्देउका तेक्वान्दो खेलाडीलाई ट्राउजर र टिसर्ट वितरण

काभ्रे। समाजसेवी राकेश महतो र सन्तोष सर्राफको सहयोगमा शुभम् समूहले भुग्देउका तेक्वान्दो खेलाडीलाई ट्राउजर र टिसर्ट वितरण गरेको छ।

सरस्वती डोजाङ भुग्देउका खेलाडीलाई १ लाख १५ हजार बराबरको सामाग्री सहयोग गरिएको हो। नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिका सदस्य तथा समाजसेवी भगवान् अधिकारीले खेलाडीहरूलाई ट्राउजर हस्तान्तरण गरे।

”कोभिड १९ का हामीले स्वास्थ सामाग्री वितरण गर्दा खेलाडीहरूले खेल सामाग्री समेत आवश्यक परेको बताउनुभएको थियो। अहिले उहाँहरूलाई खेल सामाग्री प्रदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ,” अधिकारीले भने।

स्थानीय समाजसेवीहरु बिष्णु मोक्तान ,जीवन सिंह लामा,दुर्गा अधिकारी , राम बहादुर गोले,ज्ञान बहादुर लामा ,भिम लामा,पत्रकार रामकृष्ण चापागाईं , युवा नेता सन्तोष दाहाललगायतले पनि गाउँसम्म खेल सामाग्री पुर्‍याउनका लागि सहयोग गरेका थिए।

यहाँका खेलाडीहरुको आत्मविश्वास उच्च रहेको भन्दै अधिकारीले यस खेलमा राम्रो प्रगति गर्दै आफ्नो गाउँ र राष्ट्रको नाम चम्काउन खेलाडीहरूलाई शुभकामना दिए।

विगत दुई वर्षदेखि डोजाङका मुख्य प्रशिक्षक बाबुराम ढुङ्गेलले यहाँका खेलाडीहरूलाई प्रशिक्षण दिदैं आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved