साथीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ

नेपालभ्युज

साथीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ

जनकपुरधाम। आफ्नै साथीलाई गोली हानी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। धनुषाको हँसपुर नगरपालिका-७ स्थित गहुँ खेतमा विजय रामको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा बुधवार शव फेला परेको थियो।

उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २४ घण्टाभित्र नै सोही ठाउँ बस्ने २० वर्षीय मनोज महरालाई पक्राउ गरेको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले हत्यामा संलग्न अन्य दुईजना फरार रहेका जानकारी दिए।

विजय रामको शव फेला परेको घटना बारे प्रहरीलाई जानकारी भए लगतैै अनुसन्धान शुरु गरिएको थियो। सो घटनामा महरासहित तीन जनाको संलग्नता रहेको खुलेको डीएसपी बस्नेतले बताए।

प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सूक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरूसँग सोधपुछ गर्दा विजय राम मंगलबार राति ८ बजे ३ जना साथीहरूसँग घर बाहिर घुम्न गएको खुलेको थियो।

शंकाको आधारमा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल मिलेर विजयलाई गोली हानी हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए। उनीहरूले पुरानो रिसिबीको बदला लिने उद्देश्यले विजयको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

पक्राउ परेका मनोजमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको र फरार रहेकाहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved