सर्लाहीमा बेपत्ता बालकको शव छिमेकीको सेप्टिक ट्यांकमा फेला

नेपालभ्युज

सर्लाहीमा बेपत्ता बालकको शव छिमेकीको सेप्टिक ट्यांकमा फेला
सांकेतिक तस्वीर।

जनकपुरधाम। सर्लाहीमा केही दिनदेखि बेपता एक बालकको शव छिमेकीको सेप्टिक ट्यांकमा फ्याँकेको अवस्थामा शव फेला परेको छ।

सर्लाहीको मलंगवा नगरपालिका–१२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव छिमेकी जगदिश ठाकुरको घरमै सटेर रहेको शौचालयको सेप्टिक ट्यांकीमा बोराभित्र हालेर लुकाएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

आइतबार राति गाउँमै न्वारानको भोज खान गएको बेलादेखि सम्पर्कविहीन भएपछि प्रहरीमा जानकारी गराइएको थियो। प्रहरीले बालकको खोजतलास गर्ने क्रममा शव फेला परेको हो।

घटनामा संलग्न आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरि बालकलाई खोजतलास गर्ने क्रममा शव फेला परेको प्रहरी प्रवक्ता बुढाथोकीले बताए। फेला परेको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved