सर्लाहीमा गोली चल्यो, भारतीय युवकको मृत्यु

नेपालभ्युज

सर्लाहीमा गोली चल्यो, भारतीय युवकको मृत्यु

सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बुधबार गोली हानी एक जनाको हत्या भएको छ।

मलंगवा नगरपालिका-९ कृष्णामति माविको कम्पाउण्ड नजिकै गोली चलेको प्रहरीले जनाइएको छ। घटनास्थलमा गोली लागेर भारतीय युवक इन्दल कुमारको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको हो। गोली लागी घाइते भएका उनलाई मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो। उपचार क्रममा उनको निधन भएको हो।

गोली के कारणले किन चलाइएको भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। यद्यपि उनको हत्यामा भारतीय नै संलग्न हुन सक्ने प्रहरीले अनुमान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved