पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न वैद्यनिकट अखिल क्रान्तिकारीको माग

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न वैद्यनिकट अखिल क्रान्तिकारीको माग

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले विरोध जनाएको छ।

सरकार र निगमले हप्तैपिच्छे जस्तो गरेको इन्धनको मूल्यवृद्धिले बजारमा असामान्य स्थिति सिर्जना गरेको र समग्र उपभोग्य सामानका साथै सेवा, भाडालगायतको पनि मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै अखिल क्रान्तिकारीले अविलम्व खारेज गर्न माग गरेको हो।

पटकपटकको मूल्यवृद्धिले नेपाली जनताको चुल्हो नबल्ने अवस्था निम्तिन थालेको र यसअघि निगमले पेट्रोलियम पदार्थमा पटकपटक गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दा पनि त्यसप्रति सरकारले बेवास्ता गरेको भन्दै यसलाई आफूहरूले गम्भीरतापूर्वक लिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

सरकारले हिजो फेर पेट्रोलियम पदार्थमा पाँच रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ पुर्‍याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved