चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आउने

वीरगन्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर मंगलबार प्रधानमन्त्री देउवाले बन्दरगाहमा प्रवेश गराएर बन्दरगाहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आउने

काठमाडौं। चीन र भारतबाट चल्ने रेल पूर्व पश्चिम रेलमार्गसँग काठमाडौंमा जोड्ने महत्वकांक्षी योजनासहित निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह तयार भएको छ। भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

वीरगन्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर प्रधानमन्त्री देउवाले प्रवेश गराएर बन्दरगाहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सरकारले हिमाल सिमेन्ट उद्योग निर्माण गर्ने भनेर अलपत्र परेको जग्गालाई उपयोग गर्ने उद्देश्यका साथ २०७५ साल माघ ३ गते शिलन्यास गरेको थियो। बन्दरगाह निर्माणका लागि आशिष र साक्षी जोइन्ट भेन्चरसँग १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved