पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने

नेपालभ्युज

पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने

काठमाडौं। अब कोभिड १९ विरुद्ध पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने भएको छ। यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महीनापछि मात्रै बुस्टर डोज खोप लगाउने गरिएको थियो।

अबबाट भने पूर्ण खोप लगाएको तीन महीना बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशका आधारमा यो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म २२ लाख १४ हजार १४० जनाले बुस्टर डोज लगाएका छन्।

त्यस्तै, एक करोड ९१ लाख ६५ हजार २७४ जनाले पूर्ण खोप लगाइसकेका छन्। पहिलो डोज लगाउनेको सङ्ख्या पनि एक करोड ८७ लाख ७९ हजार ४८८ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved