इङ्ग्लिस प्रिमियर लिगः सानदार जितसँगै टोटेनहम शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा टोटनेहम हटस्परले जितेको छ। उसले न्युक्यासललाई ५–१ गोलले हराएको हो।

नेपालभ्युज

इङ्ग्लिस प्रिमियर लिगः सानदार जितसँगै टोटेनहम शीर्ष चारमा

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा टोटनेहम हटस्परले जितेको छ। उसले न्युक्यासललाई ५–१ गोलले हराएको हो।

खेलको ३९ औँ मिनेटमा फेबिअन स्यारले गोल गर्दै न्युक्यासलको लागि अग्रता बनाए। खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थप्यो।

खेलको ४८ औँ मिनेटमा ह्यारी केनको पासमा म्याट डोहेर्टीले गोल गर्दा ५४ औँ मिनेटमा सन ह्युङमिनले डेजन कुलुसेभ्स्कीको पासमा गोल गरे।

त्यस्तै ६३ औँ मिनेटमा इमर्सन र ८३ औँ मिनेटमा स्टेभेन बेर्जग्विनले गोल थप्दा टोटेनहमले ५–१ गोलले शानदार जित निकालेको हो।
गएरातिकै अर्को अर्को खेलमा वेस्टहमले एभर्टनमाथि २–१ गोलअन्तरको जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved