प्रचण्डले भने, ‘प्रतिगमनलाई बालुवाटारबाट बालकोट फाल्यौं’ (भिडिओ)

नेपालभ्युज

प्रचण्डले भने, ‘प्रतिगमनलाई बालुवाटारबाट बालकोट फाल्यौं’ (भिडिओ)
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगनलाई बालुवाटारबाट फाल्न सफल भएको बताएका छन्।

निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटका लागि महोत्तरीको खयरमारा पुगेका प्रचण्डले प्रतिगमनका मतियारहरूलाई बालुवाटारबाट बालकोट पठाउन सफल भएको बताए।

अघिल्लो केपी ओली सरकारलाई लक्षित गर्दै उनले भने, “देशलाई अँध्यारो सुरुङतर्फ हाल्ने षडयन्त्र भयो र हामीले देशव्यापी अभियान फेरि चलायौं र मैले नयाँ प्रकारको जनयुद्ध छोडिँदैन खबरदार प्रतिगामीहरू, प्रतिक्रान्तिहरूलाई कुनै हालतमा छोडिँदैन, तिनीहरूलाई बालुवाटरबाट निकालेर बालकोट पठाइन्छ भनेर, नभन्दै डेढ महीनाको आन्दोलनपछि साँच्चै नै प्रतिगमनकारीहरूले सिंहदरबार छोड्नुपर्ने अवस्था आयो।”

देशमा रगत बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइएको बताएका प्रचण्डले गत सालबाट फेरि यो प्रक्रिया उल्टाउने षडयन्त्र भएपछि आफूहरूले आन्दोलन थालेको उनको भनाइ थियो। भने,  “विडम्बना के भएको छ भने गत सालदेखि फेरि यो प्रक्रिया उल्टाउने, फेरि देशलाई अराजकताको भूमरीमा हाल्ने षडयन्त्र गत सालबाट संविधानका विरुद्ध गएर प्रतिनिधि सभा विघटन गरिएको थियो।”

एकथरी मान्छेहरूले नेपालमा गणतन्त्र आउँदैन, संविधानसभाबाट संविधान आउँदैन भन्ने ठाने पनि नेकपा माओवादी १० वर्षपछि अजेय शक्ति बनेको उनले दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved