हल्का वर्षाको संभावना

नेपालभ्युज

हल्का वर्षाको संभावना

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै मधेस प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved