कालापानी क्षेत्रको विवाद औपचारिक हिसाबमा छलफल हुने सम्भावना कम

नेपालभ्युज

कालापानी क्षेत्रको विवाद औपचारिक हिसाबमा छलफल हुने सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा कालापानी क्षेत्र लगायका विषयलाई औपचारिक मुद्दा बनाइएको छैन।

भारत भ्रमणका क्रममा उठाउने विभिन्‍न विषयबारे तयारी प्रधानमन्त्री कार्यालयले तयारी गरेको भएपनि विवादीत कालापानी क्षेत्रको विषय त्यसमा उल्लेख छैन। जसकारण, भारत भ्रमणमा यो एजेन्डा औपचारिक रूपमा उठ्नेछैन।

प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार अनौपचारिक छलफलमा भने कालापानी क्षेत्रको विषय उठ्नसक्छ।

भारत भ्रमणका विषयलाई लिएर बिहिबार बसेको सत्तारुढ दलबीचको बैठकमा सत्ता साझेदार दलका नेताहरुले कालापानी क्षेत्रको विवादलाई छलफलको विषय बनाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय प्रमुख रमेश मल्लले प्रधानमन्त्री देउवालाई भारत भ्रमणका समयमा कालापानी क्षेत्रको विवादलाई उठाउन अध्यक्ष दाहालले सुझाव दिएको बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रधानमन्त्री देउवालाई कालापानी क्षेत्रको विवादलाई छलफलको विषय बनाउन सुझाव दिएका थिए। तर यो विषय देउवाको छलफलको सूचीमा भने परेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved