निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन सरकारसँग पूर्वसांसदहरूको माग

नेपालभ्युज

निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन सरकारसँग पूर्वसांसदहरूको माग

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वसांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलिरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वसांसद मञ्च, नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्रीलगायत वस्तुहरूको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा विकास निर्माणका काम ठप्प भएको, जनता मूल्य वृद्धिको मारमा पिल्सिएको र मजदुरहरूको रोजिरोटी गुम्ने सम्भावना रहेको भन्दै तत्काल मूल्यवृद्धि रोक्न माग गरे।

उनले पछिल्लो समय कतिपय स्थानमा विद्युतको अघोषित नाकाबन्दी भइरहेको चर्को मूल्यमा विद्युत् खरीदका कारण जनताहरू त्रस्त भएका बताए। महासचिव अधिकारीले लोडसेडिङको सम्भावना देखिरहेको भन्दै लोडसेडिङ नहुने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ।

त्यस्तै पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले अहिले पूर्वसांसदहरूको अवस्था दयनीय रहेको भन्दै उनीहरूलाई सरकारले सरकारी अस्पतालहरूमा औषधि उपचार गराइदिनुपर्ने माग राखे। उनले सबै सरकारले गर्छु भनेपनि कानूनी रूपमा सो माग पूरा नगरिदिँदा केही पूर्वसांसदहरू औषधिउपचार गर्न नपाएर मृत्युवरण गर्नुपरेको बताए।

अध्यक्ष श्रेष्ठले संसदको विधेयकहरू आउँदा त्यसमा पूर्वसांसदहरूलाई पनि सर्वसाधरण जनताका कुराहरू राख्न पाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले सभामुख मार्फत पूर्वसांसदहरूका कुराहरू पनि लिखितरूपमा राख्न दिनुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले सरकारले केही विधेयक पठाए पनि धेरै विधेयकहरूमा कुनै राय,सल्लाह नै नमाग्ने गरेको समेत आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved