त्रिकोणात्मक टी-२० : पीएनजीविरुद्ध करणको ह्याट्रिक, नेपाल फाइनलमा

आज भएको तेस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालभ्युज

त्रिकोणात्मक टी-२० : पीएनजीविरुद्ध करणको ह्याट्रिक, नेपाल फाइनलमा

काठमाडौं। घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल फाइनल पुगेको छ। आज भएको तेस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपाली अलराउन्डर करण केसीले अन्तिम ओभरको दोस्रो तेस्रो र चाैंथो बलमा ह्याट्रिक पूरा गरेपछि पीएनजी मात्र १६६ रनमा समेटियो।

नेपालले पीएनजीलाई आजको खेलमा ३७ रनले पराजित गर्यो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १६६ रनमा रोकिएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २०३ रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३३ बल खेल्दै चार छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाए।

यस्तै, रोहित पौडेलले २३ बलमा ४१ रन, आशिफ शेखले २९ बलमा ३८ रन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका अदिल आलमले ११ बलमा ३१ रन तथा कुशल भुर्तेलले २० बलमा १७ रन बनाए।

पीएनजीका कबुआ मोरियाले तीन तथा रिले हेकुरेले दुई विकेट हात पारे।

आजको खेल जितेसँगै नेपाल फाइनलमा पुगेको छ। नेपालले जारी सिरिजमा लगातार दुई खेल जितिसकेको छ।

पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले हिजो मलेशियामाथि ६ विकेट जित निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved