करण केसी टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने दोस्रो नेपाली खेलाडी

दोस्रो ओभरको दोस्रो बलमा केसीले पीएनजीका अस्सद भालाको विकेट लिँदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन्।

नेपालभ्युज

करण केसी टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने दोस्रो नेपाली खेलाडी

काठमाडौं। नेपाली अलराउन्डर करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन्।

घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध बलिङ गर्दै नेपालका लागि पहिलो विकेट हात पारे।

दोस्रो ओभरको दोस्रो बलमा केसीले पीएनजीका अस्सद भालाको विकेट लिँदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन्।

केसीले कुल ३६ खेल खेल्दै ५० विकेट हात पारेका हुन्।

यसअघि, नेपालका वर्तमान कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार परेका थिए। उनले ३६ खेलमा ६७ विकेट लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved