त्रिकोणात्मक टी-२० : दीपेन्द्रको अर्धशतकको मद्दतमा पीएनजीलाई नेपालको विशाल लक्ष्य

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३३ बल खेल्दै चार छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाए।

नेपालभ्युज

त्रिकोणात्मक टी-२० : दीपेन्द्रको अर्धशतकको मद्दतमा पीएनजीलाई नेपालको विशाल लक्ष्य

काठमाडौं। घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २०४ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २०३ रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३३ बल खेल्दै चार छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाए।

यस्तै, रोहित पौडेलले २३ बलमा ४१ रन, आशिफ शेखले २९ बलमा ३८ रन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका अदिल आलमले ११ बलमा ३१ रन तथा कुशल भुर्तेलले २० बलमा १७ रन बनाए।

पीएनजीका कबुआ मोरियाले तीन तथा रिले हेकुरेले दुई विकेट हात पारे। आजको खेल जितेमा नेपालले फाइनलमा स्थान बनाउनेछ।

नेपालले जारी सिरिजमा लगातार दुई खेल जितिसकेको छ। पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले हिजो मलेशियामाथि ६ विकेट जित निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved