निर्वाचनलाई महोत्सवका रूपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की

नेपालभ्युज

निर्वाचनलाई महोत्सवका रूपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनलाई महोत्सवका रूपमा सम्पन्न गर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तीनै तहको चुनावमा जनताको उत्साहका साथ सहभागी हुने र यसलाई महोत्सवका रूपमा सम्पन्न गर्ने बताए।

“चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रूपमा सम्पन्न गर्नेछौँ”, सरकारका प्रवक्ता कार्कीले भने, “चुनावलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर छ।”

मन्त्री कार्कीले समृद्ध मुलुक बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न सबै राजनीतिक दल एकजुट भई एउटै संकल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने, “प्रेस स्वतन्त्रतालाई हामीले स्पष्टताका साथ संविधानमा उल्लेख गरेका छौँ। यसको रक्षा र संरक्षणका लागि वर्तमान सरकार सधैँ सचेत र चनाखो छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved