प्रतिवद्धता पत्रको तयारीका लागि एमालेले गर्‍‍यो भर्चुअल कार्यशाला

नेपालभ्युज

प्रतिवद्धता पत्रको तयारीका लागि एमालेले गर्‍‍यो भर्चुअल कार्यशाला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निर्वाचन लागि प्रतिबद्धता पत्रको तयारी गर्न पार्टीमा छलफल गरेको छ। एमालेले बुधबार स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदधिकारी र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखको सहभागितामा भर्चुअल कार्यशाला आयोजना गरेको हो।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा तात्कालीन सरकारले गरेका काम जनतामा लिएर जान निर्देशन दिए।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अरु सबै एक र एमाले एक्लै भएको विषयमा कुनै दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीले सबैलाई निर्देशन दिएका छन्।

स्थानीय तह प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षबारे जानकारी दिए। त्यसैगरी मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा व्याख्या गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved