सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छ : प्रदेशमन्त्री जोशी

नेपालभ्युज

सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छ : प्रदेशमन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकको समग्र परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय रहेको बताएकी छिन्।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले नेपालको परिवर्तनका लागि भएका हरेक किसिमका आन्दोलनमा सञ्चार क्षेत्रको सहभागी र अगुवाइ महत्वपूर्ण रहेको बताए।

“नेपालको संविधान २०७२ संस्थागत विकास गर्न र संविधानको सर्वोच्चतालाई स्थापित गर्नु पर्नेछ”, मन्त्री जोशीले भने, “यो काममा मुलतः मुलुकका राजनितिक दल र सञ्चार क्षेत्र महत्वपूर्ण रुपमा जोडिनुपर्दछ ।”

मन्त्री जोशीले राजनीतिक र सञ्चार क्षेत्रमा विसङ्गति भित्रिएकाले यसको शुद्धिकरण, व्यवस्थितकरण र सुशासनका सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved