पोखराको पर्स्यांगमा टीभीएस सर्भिस सेन्टर सञ्चालनमा

नेपालभ्युज

पोखराको पर्स्यांगमा टीभीएस सर्भिस सेन्टर सञ्चालनमा

पोखरा । पोखराका लागि जगदम्बा मोटर्स टीभीएसकोआधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गतको गण्डकी मोटर्स प्रालीले  पर्स्यंगमा  अत्याधुनिक सुविधा सम्पन्न टीभीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ। करिब १४,००० स्क्वायर फिटमा  फैलिएको यो सर्भिस सेन्टर गण्डकीकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ।

दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्तुमर लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, अलग दुर्घटना ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित यो सर्भिस सेन्टरमा २८ ओटा सम्म बे क्षमता रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डब्ल्यूएडीए का प्रमुख मोहन बहादुर खड्का ज्युको उपस्थिति थियो।  यसका साथै विषेश अतिथिका रुपमा जगदम्बा मोटर्सबाट सीईओ दीपक अग्रवाल,  उपाध्यक्ष दीपक रौनियार, सिनियर सर्भिस जीएम अमरदीप मजुन्दर, स्पेयर्स एन्ड पार्टस् जीएम ड्रोना संग्रौला का साथै मार्केटिङ डीजीएम

विक्रम शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू- ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धता गराएर उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved