माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेट

नेपालभ्युज

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेट

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटावार्ता भएको छ। यीलाई भेट्न प्रचण्ड नक्सालस्थित होटल मेरियटमा पुगेका थिए।

प्रचण्डअघि वाङ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेट भएको थियो। ओली-वाङ भेटवार्ता चलिरहेकै बेला प्रचण्ड मेरियट पुगेका थिए।

तीन दिने नेपाल भ्रमणमा आएका वाङले यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

११ गते काठमाडौं आएका वाङ आज अपरान्ह ३ बजे स्वदेश फर्किँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved