मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

स्थानीय तह चुनाव–२०७९ आउन ४७ दिन बाँकी रहँदा आज (आइतबार) मतदाता नामावलीको अन्तिम सूची प्रकाशन हुँदैछ।

नेपालभ्युज

काठमाडौं। स्थानीय तह चुनाव–२०७९ आउन ४७ दिन बाँकी रहँदा आज (आइतबार) मतदाता नामावलीको अन्तिम सूची प्रकाशन हुँदैछ। निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न लागेको हो।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन्। दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन्।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन। निर्वाचन आयोगले गएको फागुन १९ गतेदेखि एक हप्ताको म्याद राखेर मतदाता नामावली अद्यावधिक गर्न र त्रुटि भएमा सच्याउन भनेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका नामावली हटाइएको छ। २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता थिए। गएको मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा झन्डै १८ लाख जनाले नामावली दर्ता गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved