एकै परिवारका ८ जनाको ज्यान गएपछि सुनसान बेगनास

बेगनास ताल विकास गुरुयोजना अलपत्र, सामान्य संरचना बनाउन पनि बेवास्ता

पोखराको तालचोकबाट केही किमि माथि लाग्नेबित्तिकै जो कोहीले दृश्यानुभूति गर्छन्, यस्तो सौन्दर्य। ‘आहा! कति सुन्दर बेगनास! साँच्चै मनमोहक’’ यो अनुभूति सबैले गर्ने भए पनि पछिल्ला समय त्यहाँ पर्यटकहरू घट्दै गएको देखिन्छ। कारण हो, बेगनास तालमा तारान्तार भइरहने दुर्घटना।

एकै परिवारका ८ जनाको ज्यान गएपछि सुनसान बेगनास

पोखरा भन्नासाथ धेरै सम्झन्छन्, फेवाताल, माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमाल हाँसिरहेको दृश्य। फेवातालको बीचमा रहेको तलबाराही मन्दिर र डुंगामा शयर। पोखरा नगएकाहरूलाई पनि यो कुरा थाहा छ। गएकाहरूले त अनुभव गरेरै आउने भइहाले।

तपाई पनि पोखरा पुगनुभएको भए, टलक्क टल्केको माछापुच्छ्रे हिमालको छाया फेवातालमा निकै आकर्षक देख्दा भन्नुभयो नै होला, ‘वाउ पोखरा।’ तर, पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण यति मात्रै होइन।

धेरैलाई थाहा नहुन सक्छ, बेगनास ताल पनि पोखराको प्रमुख गहना हो भन्ने कुरा। तपाई पुग्नुभएको भए देख्नु नै भयो होला, अन्नपूर्ण हिमालको छाया टलक्क टल्किरहेको बेगनास। सफा मौसम, खुलेको आकाश। चारैतिर हरिया पहाड। क्षितिजमा मुस्कुराइरहेको अन्नपूर्ण हिमालका हिमाल, अनि, सामीप्यमा बेगनास।

पोखराको तालचोकबाट केही किमि माथि लाग्नेबित्तिकै जो कोहीले दृश्यानुभूति गर्छन्, यस्तो सौन्दर्य। ‘आहा! कति सुन्दर बेगनास! साँच्चै मनमोहक’’ यो अनुभूति सबैले गर्ने भए पनि पछिल्ला समय त्यहाँ पर्यटकहरू घट्दै गएको देखिन्छ। कारण हो, बेगनास तालमा तारान्तार भइरहने दुर्घटना।

डुंगा दुर्घटनामा एकै परिवारका ८ जनाको ज्यान गएपछि कास्कीको बेगनास ताल सुनसान बनेको छ। २३ भदौ २०७५ मा दर खान माइती गएका एकै परिवारका १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुँडमा पल्टिँदा दुई जनाबाहेक सबैको ज्यान गएको थियो।

बेगनास तालकाे साँझको दृश्य

सुरक्षा व्यवस्थामा लापरबाही

सामान्यतया डुंगा डुब्दैमा कसैको ज्यान जाँदैन, जब यात्रुहरूले ‘लाइफ ज्याकेट’ लगाएका हुन्छन्। अर्कोतर्फ डुंगा कहाँ पुगेको छ र कस्तो अवस्थामा छ भन्ने कुराको अनुगमन सुरक्षा टावरबाट भइरहेको हुन्छ। यदि डुंगा पल्टिएमा मा कोही खसेमा तत्काल सुरक्षा टोली त्यहाँ पुगेर उद्धार गर्छ।

यसरी सम्भावित मानवीय क्षति हुन दिइँदैन। तर, बेगनास तालमा यी सबै प्रबन्ध नभएकै कारणले साढे तीन वर्षअघि ठूलो मानवीय क्षति भयो। पछिल्लो पटक एकै पटक धेरै मानवीय क्षति भएको त्यो नै ठूलो घटना थियो। त्यसअघि पनि पटकपटक भएका दुर्घटनामा दर्जनौँले ज्यान गुमाइसकेका छन्।

त्यसपछि पर्यटकहरू डराएर डुंगा चढ्न छाडे। तल हेर्न जानेहरू अधिकांशको इच्छा डुंगा चढ्ने नै हुन्छ। डुंगामा सवार गर्नु असुरक्षित भएपछि बेगनासमा बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकहरू कम हुँदै गए।

स्थानीयका अनुसार त्यति बेला डुंगाघाटबाट घटनास्थल पुग्न उद्धार टोलीलाई झन्डै आधा घण्टा लाग्यो। किनकि उनीहरू डुंगामा गएका थिए। उद्धार टोलीसँग तीव्र गतिको मोटरबोट नहुँदा उद्धारको लागि घटनास्थलसम्म पुग्न समय लाग्यो। त्यो बेलासम्म धेरै जना पानीको सतह मुनी डुबीसकेका थिए। अर्कोतर्फ दुर्घटना भएको समेत तत्कालै थाहा हुन सकेन।

तालमा भाडाको डुंगा सयर गर्न अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्छ। तर उनीहरू आफ्नै व्यक्तिगत डुंगा लिएर गएको आशङ्का गरिएको छ।

टिकट काटेर डुंगा शयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिइन्छ। आफ्नै डुंगा भएकै कारण उनीहरू लाइफ ज्याकेटबिनै डुंगा लिएर गएका थिए।

बेगनास तालको किनार

छैन सुरक्षा टावर

डुंगा व्यवसायीले सर्वसाधारणलाई अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने निर्देशन गर्दै आएको छ। तर, कतिपयले भने नलगाउने प्रवृत्ति र सुरक्षासम्बन्धी व्यवस्था नभएकाले धेरैको ज्यान गएको पोखरा महानगरपालिका वडानंबर ३१ का वडाध्यक्ष कमलबहादुर थापा बताउँछन्।

‘‘लाइफ ज्याकेट लगाएपछि दुर्घटना भयो भने पनि मानिसहरू तैरिएर बाँच्न सक्छन्। तर, यो सामान्य नियम पालना नगर्नाले ज्यान गएको घटना धेरै छ। अर्कोतर्फ डुंगाको अवस्था हेर्ने टावर छैन। जसले गर्दा दुर्घटना भएलगतै थापा पाउन समस्या छ। यता थाहा पाइसक्दा उता मानिसको ज्यान गइसकेको हुन्छ,’’ थापा भन्छन्।

फेवातालमा पर्यटकको आकर्षण कम हुनुको अर्को कारण हो, ताल किनारमा हिँड्ने फुटपाथ नहुनु। पोखरा महानगरपालिकाले वर्षैअघि फुटपाथको गुरुयोजना बनाए पनि निर्माण नभएको बेगनास थापा बताउँछन्।

सामान्य लगानीमा छिटो नै काम गर्न सकिने भए पनि तदारुकता नदेखाइएको उनी बताउँछन्। वडाध्यक्ष थापा भन्छन्, ‘‘म वडाध्यक्ष हुँ। मैले धेरै पहल गरिरहेको छु। तर माथिल्ला तहका निकायबाट कार्यान्वयनका लागि बजेट विनियोजन र कार्यप्रगति केही भएन। यदि, यहाँ फुटपाथ मात्रै बनाउने, डुंगाको सुरक्षाको लागि टावर बनाउने र आधुनिक मोटर बोट राख्ने हो भने सिङ्गो पोखराले धान्न नसक्ने पर्यटक यहाँ आउँछन्।’’

फेवाताल सुरक्षा अवलोकन तथा टावर टावर। तर, बेगनासमा भने यस्तो छैन।

बेगनासको बेवास्ता, डाँडातिर उक्लिँदै ठूला लगानी

कोरोना कहरका कारण झन्डै दुई वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा नजगाएको पनि होइन। फेवातालमा डुंगा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुपा, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ।

कोरोनाको सङ्क्रमण पनि घट्दै गएका कारण अरू क्षेत्रमा पर्यटक आउने क्रम बढे पनि बेगनास क्षेत्रमा भने तुलनात्मक रूपमा कम पर्यटकहरू गइरहेका पर्यटन व्यवसायी बताउँछन्। यद्यपि माथि सुन्दरी डाँडा, माझिकुनालगायतका क्षेत्रमा भने पर्यटकहरूको ओइरो लागिरहेको होटेल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।

केहीवर्ष अघिसम्म पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मात्र ठूलो आकारको लगानीमा होटेल खुलिरहेकामा पछिल्लो समय व्यवसायीले आसपासका डाँडामा लगानी गरेर सुविधा सम्पन्न होटेल सञ्चालन गरिरहेका छन्।

द लाेस्ट होराइजन रिसोर्ट

ठूला व्यवसायी पनि डाँडामै होटेल खोल्न आकर्षित देखिएकाले तल बेगनास किनारामा होटेलमा लगानी नभएको अध्यक्ष सुवेदीको भनाई छ। अहिले बेगनास वरिपरिका डाँडामा दर्जनभन्दा बढी स्तरीय होटेल खुलिसकेका छन्। ‘रुपाकोट रिसोर्ट’, बेगनासमाथिकै पचभैया डाँडामा ‘द लाेस्ट होराइजन रिसोर्ट’लगायत थुप्रै होटलहरु छन्।

‘‘पर्यटकहरूले सुन्दर दृश्यहरू अवलोकन गर्दै शान्त वातावरण खोज्ने हुँदा व्यवसायीहरूले भ्यालीभन्दा पनि डाँडापाखा रोज्न थालेका छन्। पर्यटकहरू हिमाल र फेवातालको दृश्य अवलोकन गर्न खोज्छन्,’’ अध्यक्ष सुवेदी भन्छन्, ‘‘डाँडापाखामा निर्माणाधीन होटलहरु दुवै दृश्य पर्यटकलाई देखाउन चाहन्छन्। यस कारण माथि मात्रै लगानी ओइरिरहेका छन्। जहाँ संरचना छ, उतै पर्यटकको भीड लागेको छ।’’

साङ्ग्रिला भिलेज रिर्साेट

लगानी कम, तर जीवीतै छ आशा

पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालमा डुंगा शयर गरी तालबाराहीको दर्शन गर्दछन्। हिमाली  दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तुप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्दछन्। त्यसपछि बेगनास कतिपय पर्यटक नयाँ गन्तव्यको रूपमा विकास हुँदै गरेको बेगनास ताल हुँदै सुन्दरी डाँडासम्म जाने गर्दथे। तर, बेगनास तालमा आकर्षण गराउने योजना नभएकै कारण ताल वरपर पर्यटक घटेका पर्यटन व्यवसायीहरू बताउँछन्।

पोखरामा फेवा ताल आसपास सानाठूला गरी झन्डै एक हजार होटेल छन्। जसमध्ये १६ वटा तारे होटेल छन्। जहाँ एक दिनमा ३० हजार जनाभन्दा बढीलाई राख्न सकिन्छ। तर, बेगनासमा भने निकै कम होटेल छन्। वरपर जम्माजम्मी आठदश ओटा होटेल तथा रिर्साेट छन्। बेगनास किनारमा भने पर्याप्त होटेल नहुँदा त्यहाँ घुम्न जाने निकै कम पर्यटकहरुपनि बस्न पाउँदैनन्। उनीहरू फर्केर फेवा किनार आउनुपर्ने बाध्यता छ। कि माथि सुन्दरी डाँडा पुग्नुपर्ने हुन्छ।

बेगनास ताल किनारामा ‘सानु एन्ड लेकटक रिर्साेट’ सञ्चालक कृष्ण केसी भन्छन्,‘‘फेवाताल किनारामा जस्तो यहाँ हिँड्ने बाटो बनाइएको छैन। अर्को तर्फ होटेल क्षेत्रमा धेरै लगानी छैन। र तालमा शयर गर्नको लागि पर्याप्त सुरक्षा छैन। सुरक्षा टावर नराखिँदा डुंगाहरूको अवस्था बारेमा थाहा हुँदैन, दुर्घटना भयो भने तत्काल थाहा नै हुँदैन, यस्तोमा जोखिम मोल्न पर्यटक चाहँदैनन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved