नयाँ वर्ष लक्षित सीजीको ‘स्मार्ट होम’ योजना सार्वजनिक

यस योजनाअन्तर्गत अब ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरीदमा ४९ हजार ९०० रुपैयाँसम्मको क्यासब्याक तथा अन्य विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्।

नेपालभ्युज

नयाँ वर्ष लक्षित सीजीको ‘स्मार्ट होम’ योजना सार्वजनिक

काठमाडौं।  इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको शुरुआत’ नामक नयाँ स्कीम ल्याएको छ। यस योजनाअन्तर्गत अब ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरीदमा ४९ हजार ९०० रुपैयाँसम्मको क्यासब्याक तथा अन्य विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्।

उक्त स्कीमअन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका ५५ इन्च वा सो माथिका टीभीको खरीदमा ५ हजार १९० रुपैयाँ पर्ने  आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टीभीको खरीदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। त्यसैगरी ‘मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटरहरूको खरीदमा ४ हजार ६४० रुपैयाँ बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन्।

सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरीदमा भने १ हजार ५५० रुपैयाँ बराबरको सीजी भ्याकुम फ्लास्क र सिङ्गल डोर रेफ्रिजेरेटरको खरीदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन्।

यसैगरी, सीजी ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरीदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरीदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरीदमा डिशवाशर किट प्राप्त गर्नेछन्।

सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरीदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरीदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन्।

यो स्कीम अन्तर्गत सीजी ब्राण्डका फ्लोर स्ट्यान्डिङ/ सिलिङ क्यासेट/ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरीदमा ४ हजार रुपैयाँ बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरीदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने कम्पनीले बताएको छ।

कम्पनीको यो योजना १० चैतदेखि शुरु भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved