कांग्रेसको दाबी- सुदूरपश्चिममा एक्लै बलियो, जरुरी छैन गठबन्धन

कांग्रेसको दाबी- सुदूरपश्चिममा एक्लै बलियो, जरुरी छैन गठबन्धन

धनगढी। स्थानीय निर्वाचनमा उम्मेदवारहरूको दौडधुप बाक्लिन थालेको छ। सुदूरपश्चिममा पनि दलका नेता तथा कार्यकर्ताहरूमा चुनावी चहलपहल बढ्न थालेको छ।

सत्ता गठबन्धन चुनावमा हुने/नहुने निश्चित नभए पनि दलहरूले आआफ्नो तर्क सारिरहेका छन्। खासगरी सत्ताको प्रमुख दल नेपाली कांग्रेस आगामी चुनावमा एक्लै जाने मुडमा छ भने ऊसँग जोडिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धन गर्नैपर्ने बताएका छन्। एक्लै निर्वाचनमा गए दुई तिहाइ नै जित्न सकिने कांग्रेसको आकलन छ।

सुदूरपश्चिममा एमाले विभाजित भएपछि कांग्रेसलाई फाइदा भएको छ। एमाले विभाजनपछि स्थानीय तहमा कांग्रेस पहिलो दल बनेको छ। सुदूरपश्चिमका ८८ स्थानीय तहका १७६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसका ७५ जना छन् भने एमालेका ७० जना छन्। त्यस्तै माओवादीका १८ जना र एकीकृत समाजवादीका १२ प्रमुख उपप्रमुख छन्।

एक जना कैलालीका मोहोन्याल गाउँपालिका अध्यक्षको निधन भएको छ।

कांग्रेस सुदूरपश्चिम सभापतिलगायत अधिकांश नेता कार्यकर्ताले सुदूरपश्चिममा गठबन्धन नहुने बताइरहेका छन्। “हामी गठबन्धन गर्ने मनशायमा छैनौँ”, नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले भने, ‘ हामी एक्लै लड्दा पनि दुई तिहाइ ल्याउने पक्का छ।” गठबन्धन गर्ने वा नगर्ने कुरा केन्द्रको रहेको भन्दै अहिलेसम्म त्यसमा कुनै छलफल नभएको उनले बताए।

“यो विषय केन्द्रको हो तर, अहिलेसम्म यसमा कुराकानी भएको छैन”, उनले भने, “हामी कैलालीमा एक्लै निर्वाचनमा होमिने अभियानमा छौँ कैलालीमा मात्रै नभएर सुदूरपश्चिमका कुनै स्थानीय तहमा गठबन्धन गर्दैनौं।”

यसअघि २०७४ सालको निर्वाचनमा कैलालीका धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी भएको थियो।

त्यस्तै जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र धनगढी उपमहानगरपालिका उपप्रमुखमा कांग्रेस विजयी भएको थियो। कांग्रेस उपसभापति बडुवालले अहिले कांग्रेसको अवस्था निकै राम्रो भएको भन्दै एक्लै निर्वाचन लड्दा पनि १३ स्थानीय तहमा स्पष्ट रूपले दुई तिहाइसहित जित हासिल गर्ने दाबी गरे।

यता नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए। आगामी निर्वाचनमा कम्युनिष्टहरूसँग चुनावी गठबन्धन नहुने उनले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड-माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने जिकिर गरे।

सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस

२३ असोजमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे।

करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे।

तीनै जनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए। “यो सबैको साझा कुरा हो। यसमा सबै मिलेर अघि बढ्नुपर्छ,” प्रधानमन्त्रीले भनेका थिए, “सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ। म प्रस्ताव राख्छु।”

प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लबिङ गरेको करिब ६ महीनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन। मुख्यमन्त्री दाबी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन।

सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एकीकृत समाजवादी) हो। तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन्। “अहिले सरकार फेरिने वा मन्त्रिपरिषद् हेरफेरको कुरा आएको छैन”, नेकपा एसका नेता तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, “यस विषयमा कुनै पनि छलफल भएको छैन।”

अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ। २५ फागुनमा केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए।

“सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,” सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, “त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ। कांग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ। कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन। त्यस कारण कांग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानुर्‍यो।”

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन्। केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ।

हेर्नुहोस् सुदूरपश्चिममा स्थानीय तहमा नेपाली कांग्रेसका ७५ प्रमुख उपप्रमुख

उमा महतो, उपाध्यक्ष जानकी गाउँपालिका कैलाली
केशरी कुमारी रावल, उपप्रमुख टीकापुर नगरपालिका कैलाली
गीता कठरिया, उपाध्यक्ष जोशीपुर गाउँपालिका कैलाली
नृप बहादुर वड, प्रमुख धनगढी उपमहानगरपालिका कैलाली
रामकृष्ण चौधरी, अध्यक्ष जोशीपुर गाउँपालिका कैलाली
प्रदीप कुमार चौधरी, अध्यक्ष जानकी गाउँपालिका कैलाली
सुशीला मिश्र(भट्ट), उपप्रमुख धनगढी उपमहानगरपालिका कैलाली
बलिराम डंगौरा थारु, अध्यक्ष बर्दगोरीया गाउँपालिका कैलाली
सङ्गीता कुमारी बोहरा, (पुजारा) उपाध्यक्ष सुर्मा गाउँपालिका बझाङ
कल्पना देवी बोहरा, उपाध्यक्ष काँडा गाउँपालिका बझाङ
धनबहादुर बिष्ट, प्रमुख बुंगल नगरपालिका बझाङ
मिना देवी बोहरा(जगरी), उपप्रमुख बुंगल नगरपालिका बझाङ
हर्क बहादुर रोकाया, अध्यक्ष खप्तडछान्ना गाउँपालिका बझाङ
राजेन्द्र बहादुर धामी, अध्यक्ष काँडा गाउँपालिका बझाङ
नर बहादुर बोहरा, अध्यक्ष सुर्मा गाउँपालिका बझाङ
अमृतादेवी बुढा, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका अछाम
अम्बिका कुमारी चलाउने, उपप्रमुख पञ्चदेवल विनायक नगरपालिका अछाम
लक्ष्मी साउँद, उपाध्यक्ष ढकारी गाउँपालिका अछाम
भूमि शरण ढकाल (बजगाईँ), उपप्रमुख कमलबजार नगरपालिका अछाम
धनबहादुर बुढा, अध्यक्ष ढकारी गाउँपालिका अछाम
पुष्प राज शर्मा, अध्यक्ष तुर्माखाँद गाउँपालिका अछाम
राजेन्द्र बहादुर खड्का, अध्यक्ष बान्नीगढी जयगढ गाउँपालिका अछाम
माया बहिक, उपाध्यक्ष चौरपाटी गाउँपालिका अछाम
धनबहादुर शाही, उपाध्यक्ष मेल्लेख गाउँपालिका अछाम
ओम प्रकाश बिष्ट, प्रमुख कमलबजार नगरपालिका अछाम
देवराज देवकोटा, प्रमुख पञ्चदेवल विनायक नगरपालिका अछाम
वीर बहादुर सुनार, प्रमुख महाकाली नगरपालिका कञ्चनपुर
दिल बहादुर ऐर, प्रमुख शुक्लाफाँटा नगरपालिका कञ्चनपुर
सुशीला चन्द, उपप्रमुख भीमदत्त नगरपालिका कञ्चनपुर
धैलीदेबी रावल, उपाध्यक्ष शिखर नगरपालिका डोटी
कृष्णबहादुर चन्द अध्यक्ष बडीकेदार गाउँपालिका डोटी
इन्द्रा कुमारी बोहरा, उपाध्यक्ष बडिकेदार गाउँपालिका डोटी
सिताराम जोशी, प्रमुख शिखर नगरपालिका डोटी
लोकेन्द्र बहादुर शाही, अध्यक्ष के.आई.सिं. गाउँपालिका डोटी
मिना देवी बिष्ट, उपाध्यक्ष के.आई.सिं गाउँपालिका डोटी
कमला देवी ठगुन्ना, उपाध्यक्ष गन्यापधुरा गाउँपालिका डडेल्धुरा
कलापति देवी बोहरा, उपप्रमुख परशुराम नगरपालिका डडेल्धुरा
कौशीला कुमारी भट्ट, अध्यक्ष भागेश्वर गाउँपालिका डडेल्धुरा
जला कुमारी बिष्ट (वोगटी), उपाध्यक्ष आलिताल गाउँपालिका डडेल्धुरा
डम्मरी देवी ओली, उपाध्यक्ष नवदुर्गा गाउँपालिका डडेल्धुरा
पद्म बहादुर बोहरा, उपाध्यक्ष भागेश्वर गाउँपालिका डडेल्धुरा
बल बहादुर गुरुङ, अध्यक्ष आलिताल गाउँपालिका डडेल्धुरा
भीम बहादुर साउद, प्रमुख परशुराम नगरपालिका डडेल्धुरा
नबल बहादुर मल्ल, अध्यक्ष गन्यापधुरा गाउँपालिका डडेल्धुरा
कुमारी राधा ओझा, उपप्रमुख मेलौली नगरपालिका बैतडी
द्रोपती चन्द, उपाध्यक्ष सिगास गाउँपालिका बैतडी
वीर बहादुर बिष्ट, अध्यक्ष सुर्नया गाउँपालिका बैतडी
मिना चन्द, उपप्रमुख दशरथचन्द नगरपालिका बैतडी
नरेन्द्र सिंह थापा, प्रमुख दशरथचन्द नगरपालिका बैतडी
कृष्णसिंह नायेक, प्रमुख मेलौली नगरपालिका बैतडी
कर्ण सिंह साउद, अध्यक्ष शिवनाथ गाउँपालिका बैतडी
सरस्वती कोली, उपप्रमुख पाटन नगरपालिका बैतडी
केशव बहादुर चन्द, प्रमुख पाटन नगरपालिका बैतडी
हरिसिंह धामी, अध्यक्ष सिगास गाउँपालिका बैतडी
कुन्ती देवी बुढा, उपाध्यक्ष छेडेदह गाउँपालिका बाजुरा
तारादेवी खाती, उपप्रमुख बुढीगंगा नगरपालिका बाजुरा
नरबहादुर रावल, अध्यक्ष छेडेदह गाउँपालिका बाजुरा
पदम बडूवाल, प्रमुख बडीमालिका नगरपालिका बाजुरा
चन्द्रा देवी बुढा, उपाध्यक्ष हिमाली गाउँपालिका बाजुरा
राधिका देवी सुनार, उपप्रमुख त्रिवेणी नगरपालिका बाजुरा
रामसिंह रावल, प्रमुख त्रिवेणी नगरपालिका बाजुरा
पदम बहादुर गिरी, प्रमुख बुढिनन्दा गाउँपालिका बाजुरा
कविता कुमारी बुढा बिष्ट, उपप्रमुख बडीमालिका नगरपालिका बाजुरा
गोविन्द बहादुर मल्ल, अध्यक्ष हिमाली गाउँपालिका बाजुरा
दीपक विक्रम शाह, प्रमुख बुढीगंगा नगरपालिका बाजुरा
अमरसिंह धामी, प्रमुख शैल्यशिखर नगरपालिका दार्चुला
नरेन्द्रसिंह धामी, अध्यक्ष मालिकार्जुन गाउँपालिका दार्चुला
सुना बोहरा, उपप्रमुख महाकाली नगरपालिका दार्चुला
पुलेन्द्र बहादुर कार्की, अध्यक्ष दुहुँ गाउँपालिका दार्चुला
कुमारी राजमती बम, उपप्रमुख शैल्यशिखर नगरपालिका दार्चुला
हंसराज भट्ट, प्रमुख महाकाली नगरपालिका दार्चुला
हेमा जोशी, उपाध्यक्ष व्यास गाउँपालिका दार्चुला
दिलिपसिंह बुढाथोकी, अध्यक्ष व्यास गाउँपालिका दार्चुला
इश्वरी जोशी, उपाध्यक्ष दुहुँ गाउँपालिका दार्चुला
कुस्मा चन्द, उपाध्यक्ष शिवनाथ गाउँपालिका बैतडी (उनी एमालेबाट निर्वाचित भए पनि भर्खरै कांग्रेस प्रवेस गरेकी हुन्)
नेकपा एमालेका प्रमुख उप–प्रमुखको विवरण (७० जना)
अंचला चौधरी, उपप्रमुख गौरीगङ्गा नगरपालिका कैलाली
टिका थापा, उपप्रमुख लम्की चुहा नगरपालिका कैलाली
दीपा देवी साउद, उपाध्यक्ष चुरे गाउँपालिका कैलाली
महादेव बजगाईँ, प्रमुख लम्की चुहा नगरपालिका कैलाली
छाया देवी देवकोटा, उपप्रमुख भजनी नगरपालिका कैलाली
तपेन्द्र बहादुर रावल, प्रमुख टीकापुर नगरपालिका कैलाली
धनबहादुर रोकामगर, अध्यक्ष चुरे गाउँपालिका कैलाली
भीम बहादुर देउवा, प्रमुख गौरीगङ्गा नगरपालिका कैलाली
ममता प्रसाद चौधरी, प्रमुख घोडाघोडी नगरपालिका कैलाली
हरिसिंह साउद, प्रमुख गोदावरी नगरपालिका कैलाली
अक्कल बहादुर धामी, अध्यक्ष, छविसपाथिभेरा गाउँपालिका बझाङ
जानकी बोहरा, उपाध्यक्ष बित्थडचिर गाउँपालिका बझाङ
राधिका कुमारी रताला (रेग्मी), उपाध्यक्ष छबिसपाथिभेरा गाउँपालिका बझाङ
जला कुमारी जाग्री, उपप्रमुख जयपृथ्वी नगरपालिका बझाङ
धनलक्ष्मी खत्री, उपाध्यक्ष तलकोट नगरपालिका बझाङ
पावर्ती देवी जप्रेल, उपाध्यक्ष दुर्गाथली गाउँपालिका बझाङ
प्रयागराज जोशी, अध्यक्ष दुर्गाथली गाउँपालिका बझाङ
प्रेम बहादुर वोहरा, अध्यक्ष बित्थडचिर गाउँपालिका बझाङ
भगवती कुमारी बोहरा, उपाध्यक्ष मस्टा गाउँपालिका बझाङ
गंगु देवी कडायत, उपाध्यक्ष थलरा गाउँपालिका बझाङ
कर्ण बहादुर कठायत, अध्यक्ष मस्टा गाउँपालिका बझाङ
भुवनेश्वर उपाध्याय, अध्यक्ष थलरा गाउँपालिका बझाङ
बिरेन्द्र बहादुर खड्का, प्रमुख जयपृथ्वी नगरपालिका बझाङ
लाल बहादुर बिष्ट, अध्यक्ष तलकोट नगरपालिका बझाङ एमाले
पावसरा देवी थापा, उपाध्यक्ष खप्तडछान्ना गाउँपालिका बझाङ
पदम बहादुर बोहरा, प्रमुख मङ्गलसेन नगरपालिका अछाम
सरिता उपाध्याय, उपप्रमुख मङ्गलसेन नगरपालिका अछाम
अशोक कुमार चन्द, प्रमुख बेदकोट नगरपालिका कञ्चनपुर
कर्ण हमाल, प्रमुख कृष्णपुर नगरपालिका कञ्चनपुर
चित्रा कुमारी चौधरी, उपप्रमुख बेलौरी नगरपालिका कञ्चनपुर
चीनी ओझा(गिरी), उपप्रमुख महाकाली नगरपालिका कञ्चनपुर
शारदा शर्मा (बिष्ट), उपप्रमुख पुनर्वास नगरपालिका कञ्चनपुर
धनबहादुर थापा क्षेत्री, अध्यक्ष बेलडाडी गाउँपालिका कञ्चनपुर
कमला देवी कार्की, उपाध्यक्ष बेलडाडी गाउँपालिका कञ्चनपुर
रमिता कुमारी राना, कृष्णपुर नगरपालिका कञ्चनपुर
सुशीला सिंह, उपप्रमुख वेदकोट नगरपालिका कञ्चनपुर
तुलसी देवी हमाल, उपप्रमुख शुक्लाफाँटा नगरपालिका कञ्चनपुर
सुरेन्द्र बहादुर बिष्ट, प्रमुख भीमदत्त नगरपालिका कञ्चनपुर
कमला देवी ओझा, उपाध्यक्ष आदर्श गाउँपालिका डोटी
तेज बहादुर डुम्रेल, अध्यक्ष सायल गाउँपालिका डोटी
दुर्गादत्त ओझा, अध्यक्ष जोरायल गाउँपालिका डोटी
निर्मला देवी साउद, उपाध्यक्ष पूर्वी चौकी गाउँपालिका डोटी
मञ्जु मलासी, प्रमुख दिपायल सिलगढी नगरपालिका डोटी
भगवती देवी बम, उपाध्यक्ष वोगटान गाउँपालिका डोटी
जमुना कुमारी बोहरा (रोकाया), उपाध्यक्ष जोरायल गाउँपालिका डोटी
टेक बहादुर रोकाया, अध्यक्ष आदर्श गाउँपालिका डोटी
बिस्ना देवी सिंह, उपाध्यक्ष सायल गाउँपालिका डोटी
विशेश्वर प्रसाद ओझा, प्रमुख अमरगढी नगरपालिका डडेल्धुरा
सङ्गीता कुमारी भण्डारी, उपप्रमुख अमरगढी नगरपालिका डडेल्धुरा
कवीन्द्र बहादुर बिष्ट, अध्यक्ष नवदुर्गा गाउँपालिका डडेल्धुरा
ऐना गिरी उपाध्यक्ष, पाण्डवगुफा गाउँपालिका बाजुरा
सिता रोकाया (थापा), उपाध्यक्ष गौमुल गाउँपालिका बाजुरा
काली बहादुर शाही, अध्यक्ष पाण्डवगुफा गाउँपालिका बाजुरा
हरि बहादुर रोकाया, अध्यक्ष गौमुल गाउँपालिका बाजुरा
सृष्टि रेग्मी उपप्रमुख, बुढीनन्दा नगरपालिका बाजुरा
गोरख बहादुर चन्द, अध्यक्ष पञ्चेश्वर गाउँपालिका बैतडी
चक्र बहादुर कार्की, अध्यक्ष दोगडाकेदार गाउँपालिका बैतडी
पावर्ती कुमारी भण्डारी, उपाध्यक्ष डीलासैनी गाउँपालिका बैतडी
लीला कुमारी बिष्ट, उपाध्यक्ष सुर्नया गाउँपालिका बैतडी
विना भट्ट उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका बैतडी
पावर्ती कार्की, उपाध्यक्ष दोगडाकेदार गाउँपालिका बैतडी
उकेन्द्र बहादुर बोहरा, अध्यक्ष डीलासैनी गाउँपालिका बैतडी
जानकी बम (ऐर), उपप्रमुख पुर्चाैडी नगरपालिका बैतडी
उर्मिला बोहरा, उपाध्यक्ष अपि हिमाल गाउँपालिका दार्चुला
पुष्पा अवस्थी, उपाध्यक्ष मालिकार्जुन गाउँपालिका दार्चुला
गौरी देवी ठगुन्ना, उपाध्यक्ष नौगाड गाउँपालिका दार्चुला
प्रेम सिंह धामी, नौगाड गाउँपालिका दार्चुला
धर्मानन्द सिंह मन्याल, अध्यक्ष अपीहिमाल गाउँपालिका दार्चुला
परमानन्द जोशी, अध्यक्ष लेकम गाउँपालिका दार्चुला
माधवी जोशी, उपाध्यक्ष लेकम गाउँपालिका दार्चुला
माओवादी केन्द्रका प्रमुख उप–प्रमुखको विवरण (१८ जना)
भागवती देवी डगौरा थारु, उपाध्यक्ष बर्दगोरीया गाउँपालिका कैलाली
लक्ष्मी सत्गौवा थारु, उपाध्यक्ष कैलारी गाउँपालिका कैलाली
लाजुराम चौधरी, अध्यक्ष कैलारी गाउँपालिका कैलाली
शेरबहादुर चौधरी, प्रमुख भजनी नगरपालिका कैलाली
लोक बहादुर साउद, उपाध्यक्ष बान्नीगढी जयगढ गाउँपालिका अछाम
सरस्वती रावल, उपाध्यक्ष रामारोशन गाउँपालिका अछाम
लोक बहादुर बोहरा, अध्यक्ष मेल्लेख गाउँपालिका अछाम
झंकर बहादुर साउँद, अध्यक्ष रामारोशन गाउँपालिका अछाम
पोतीलाल चौधरी, प्रमुख बेलौरी नगरपालिका कञ्चनपुर
मदन सेन बडायक, अध्यक्ष लालझाँडी गाउँपालिका कञ्चानपुर
सत्य देवी महरा, लालझाँडी गाउँपालिका कञ्चनपुर
कमल बहादुर, गडसिला अध्यक्ष बोगटान गाउँपालिका डोटी
उमेश प्रसाद भट्ट, अध्यक्ष अजयमेरु गाउँपालिका डडेल्धुरा
कलावती भाड, उपाध्यक्ष अजयमेरु गाउँपालिका डडेल्धुरा
रणबहादुर कुँवर, प्रमुख पुर्चाैडी नगरपालिका बैतडी
बाग्मती ठगुन्ना, उपाध्यक्ष मार्मा गाउँपालिका दार्चुला
जमन सिंह धामी, अध्यक्ष मार्मा गाउँपालिका दार्चुला
पूजा देवी बुढामगर, उपाध्यक्ष मोहन्याल गाउँपालिका कैलाली (उनी नेकपा (एस)बाट भर्खर मात्रै माओवादी प्रवेश गरेकी हुन्)
नेकपा एकीकृत समाजवादीका प्रमुख उप–प्रमुखको विवरण (१२ जना)
रत्ना कडायत, उपप्रमुख गोदावरी नगरपालिका कैलाली
प्रेम कुमारी थापा, उपप्रमुख घोडाघोडी नगरपालिका कैलाली
इन्द्र बहादुर भण्डारी, अध्यक्ष केदारस्युँ गाउँपालिका बझाङ
निशा धामी, उपाध्यक्ष केरास्युँ गाउँपालिका बझाङ
कुल बहादुर कुँवर, प्रमुख साँफेबगर नगरपालिका अछाम
निर्मला देवी बुडथापा, उपप्रमुख साँफेबगर नगरपालिका अछाम
हर्क बहादुर साउद, चौरपाटी गाउँपालिका अछाम
जीवन राज थापा, प्रमुख पुनर्वास नगरपालिका कन्चनपुर
शिवराज खड्का, उपप्रमुख दिपायल सिलगढी नगरपालिका डोटी
दिर्घराज बोगटी, अध्यक्ष पूर्वी चौकी गाउँपालिका डोटी
चिरञ्जीवी शाही, अध्यक्ष स्वामिकार्तिक गाउँपालिका बाजुरा
मिना बुढा, उपाध्यक्ष स्वामिकार्तिक गाउँपालिका बाजुरा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved