सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।

नेपालभ्युज

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ। यो हिजो बुधबारको तुलनामा ११ सय रुपैयाँले बढी हो।

हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो। हिजो एकै दिन ११ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले उकालो लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved