किभ विस्फोटमा ६ जनाको निधन, दुई विमानमार्फत चीनले गर्‍यो नागरिकको उद्धार

युक्रेनमा रूसी हमला लगातार भएपछि चिनियाँ नागरिक बोकेर उडेका दुई विमान आज सकुशल चीन पुगेका छन्।

नेपालभ्युज

किभ विस्फोटमा ६ जनाको निधन, दुई विमानमार्फत चीनले गर्‍यो नागरिकको उद्धार

एजेन्सी। युक्रेनको राजधानी किभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। एएफपी पत्रकारले सोमबार उक्त कुरा बताएका छन्।

पत्रकारका अनुसार किभको उत्तरपश्चिममा रहेको “रेट्रोभिल“ सपिङ मलको अगाडि ६ ओटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो, जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो।

युक्रेनमा रूसी हमला लगातार भएपछि चिनियाँ नागरिक बोकेर उडेका दुई विमान आज सकुशल चीन पुगेका छन्।

बिहान ८ः०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८ः३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।

यसअघि, युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन्। रुस–युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved