आईएमई पेको उत्सव बहार, दुबई घुम्ने उपहार विजेता घोषणा

नेपालभ्युज

आईएमई पेको उत्सव बहार, दुबई घुम्ने उपहार विजेता घोषणा

काठमाडौं। आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ भन्ने मूल नाराका साथ नेपालीहरूको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत विजेता घोषित भएका छन्। आईएमई काउण्टरबाट आईएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन्। व्यवसाय प्रवर्द्धनमुखी यस्ता स्किममार्फत व्यावसायिक साझेदारहरूलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो। कोभिडका कारण बाहिरी देश भ्रमण लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च तीन लाख (एक लाख ५० हजार प्रतिविजेता) आईएमई पे एपमार्फत स्किमका विजेताहरूलाई ट्रान्सफर गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved