कसरी नागरिकता सहज रूपमा दिने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल

नेपालभ्युज

कसरी नागरिकता सहज रूपमा दिने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल

काठमाडौं। नागरिकताको प्रमाणपत्र लिनबाट वञ्चित नेपाली नागरिकलाई कसरी सहज रूपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरूबीच भएको सहमतिलाई के-कसरी कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भएको हो।

सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा दलीय सहमति जुटाउन निरन्तर वार्ता र छलफल गर्दै आएको छ। नागरिकताको प्रमाणपत्र नपाएर कैयौं नागरिकताविहीन भएका छन्। नागरिकता नपाएकै कारण उनीहरूले शिक्षा र रोजगारी प्राप्तिमा विभिन्न समस्या झेल्दै आएका छन्।

सरकारले त्यस्ता नागरिकको आवाजलाई सम्बेधन गर्न सकिन्छ भनी विभिन्न कोणबाट छलफल र पहल गरिरहेको छ। छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्याधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण अर्याललगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved