मलेसियामा पछिल्लो २४ घण्टामा ८६ जना कोभिड संक्रमितको मृत्यु

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा पनि कोभिडका संक्रमितको संख्या बढ्दै गएको देखिएको छ।

नेपालभ्युज

मलेसियामा पछिल्लो २४ घण्टामा ८६ जना कोभिड संक्रमितको मृत्यु
सांकेतिक तस्वीर।

एजेन्जी। मलेसियामा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ।

त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना संक्रमित भएका छन्।

यीसमेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना संक्रमित भएका छन्।

त्यस्तै, मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना संक्रमितको मृत्यु भएको छ। यो समेत गरी त्यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा पनि कोभिडका संक्रमितको संख्या बढ्दै गएको देखिएको छ। एशियाका यी दुई देशसहित मलेसियलामा पनि संक्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved