प्रचण्ड-नेपाललाई देउवाको आश्वासन : आगामी साता तालमेलको ठोस निर्णय दिन्छु

तीन नेताको भेटमा देउवाले आफू चुनावी गठबन्धनका लागि सकारात्मक रहेको भन्दै अन्य नेता तथा कार्यकर्ताहरुलाई मनाउने कोशिशमा रहेको बताए। उनले तालमेलको विषयमा आगामी सातासम्म ठोस निर्णय गर्ने आश्वासन दिए।

नेपालभ्युज

प्रचण्ड-नेपाललाई देउवाको आश्वासन : आगामी साता तालमेलको ठोस निर्णय दिन्छु

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको चुनावमा तालमेल हुने गरी आफू तयारीमा रहेको सत्ता सहयात्रीहरुलाई जानकारी गराएका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई चुनावी तालमेलबारे आश्वस्त पारेका हुन्।

तीन नेताको भेटमा देउवाले आफू चुनावी गठबन्धनका लागि सकारात्मक रहेको भन्दै अन्य नेता तथा कार्यकर्ताहरुलाई मनाउने कोशिशमा रहेको बताए। उनले तालमेलको विषयमा आगामी सातासम्म ठोस निर्णय गर्ने आश्वासन दिए।

भेटका क्रममा प्रचण्ड र नेपालले स्थानीय चुनावमाथि नै शंका उब्जिएको विषयमा पनि देउवासँग जिज्ञासा राखेका थिए। जवाफमा देउवाले बाहिर जुनसुकै कुरामा चर्चा चलेको भए पनि समयमै चुनाव हुने बताए।

बालुवाटार बैठकपछि प्रेस सेन्टरको कार्यक्रमका लागि रुपन्देही पुगेका प्रचण्डले कांग्रेसले साथ नदिएको अवस्थामा चुनावमा एमालेसँग सहकार्य हुने सम्भावना रहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved