१० दिनदेखि हराएका वृद्धको शव सडेको अवस्थामा फेला

नेपालभ्युज

१० दिनदेखि हराएका वृद्धको शव सडेको अवस्थामा फेला
सांकेतिक तस्वीर।

गोरखा। १० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ।

गोरखा नगरपालिका-१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।

२३ फागुनको बिहानदेखि परिवारबाट सम्पर्कविहीन भएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीले जनाएको छ। न्यौपानेको शव सडेगलेको अवस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए।

मृतक न्यौपाने मानसिक रोगी भएको र नियमितरूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उनको भनाइ छ।

घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved