संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

नेपालभ्युज

संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

काठमाडौं। गत फागुन ७ गते घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ। भर्खरै संगठनात्मक गतिविधीको शुरुआत गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीबारे जानकारी दिए।

सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बीचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल शुरु गर्ने जानकारी दिँदै बैठकका सहभागीहरूलाई अध्यक्ष थापाले पार्टीका गतिविधीहरूलाई जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएका थिए।

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरूको पहचान गरेर सोहीअनुसार निर्वाचनका गतिविधि सञ्चालन गर्न र अन्य राजनीतिक दलहरूसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरी केन्द्रीय सचिवालयलाई जानकारी दिनसमेत अध्यक्ष थापाले बैठकका सहभागीहरूलाई निर्देश गरेका थिए।

छोटो समयमा नै भातृ संगठनहरूको केन्द्रीय संरचना निर्माण गर्न सफल राप्रपा नेपालले २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत महीनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पुर्‍याउने आक्रमक योजना अगाडि सारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved