कमल थापाको राप्रपा नेपालले पायो ‘तीर’ चुनाव चिन्ह

राप्रपा एकीकरण हुनुअघि थापा नेतृत्वको पार्टीको चुनाव चिन्ह गाई रहेको थियो।

नेपालभ्युज

कमल थापाको राप्रपा नेपालले पायो ‘तीर’ चुनाव चिन्ह

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले तीर चुनाव चिन्ह पाएको छ।

राप्रपा एकीकरण हुनुअघि थापा नेतृत्वको पार्टीको चुनाव चिन्ह गाई रहेको थियो। तर, एकतापछि राप्रपाले हलो चिन्ह रोजेको थियो।

अहिले राप्रपा नेपालको तर्फबाट गाई चिन्ह नै मागेका तर त्यो नपाएपछि तीर चिन्ह रोजेको अध्यक्ष थापाले जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको बैठकमा बताएका छन्।

सनातन हिन्दु धर्म र संस्कृतिमा तीरको विशेष महत्व रहेकाले गाई नपाएको अवस्थामा तीर चिन्ह रोजेको राप्रपाले जनाएको छ। हिन्दुधर्मको पुनःस्थापनामा तीर चिन्ह महत्त्वपूर्ण रहेको पनि उसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved