सम्पदा अभियन्ताले काटिदिए वसन्तपुर डबलीमा बनेको कंक्रिट जगको डण्डी

निरीक्षणका क्रममा खड्गीले मेयर विद्यासुन्दर शाक्यले जानकारी नै नदिई आफूखुशी कंक्रिटको जग बनाउन अनुमति दिएको बताएकी थिइन्। त्यसैले यो जग कुनै पनि हालतमा फुटाउनुपर्ने बताएकी थिइन्।

नेपालभ्युज

सम्पदा अभियन्ताले काटिदिए वसन्तपुर डबलीमा बनेको कंक्रिट जगको डण्डी

काठमाडौं। वसन्तपुर डबलीमा नेपालको झण्डा राख्नका लागि भन्दै मापदण्डविपरीत बनाइएको जगको डण्डी अभियन्ताहरुले काटिदिएका छन्।

हनुमानढोका दरबार स्क्वायरस्थित वसन्तपुर डबलीमा नेपालको झण्डा राख्न भन्दै कंक्रिटको जग बनाइएको थियो। उक्त जगमा प्रयोग भएको डण्डी अभियन्ताहरूले काटिदिएका हुन्।

विश्व सम्पदा क्षेत्रमा सरोकारवालासँग अनुमति नलिएरै जथाभावी कंक्रिटको जग हालेको भन्दै अभियन्ताहरूले जगको डण्डी काटिदिएका हुन्।

काठमाडौं महानगरपालिका अनुगमन समिति, बागदरबारको तर्फबाट उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले आज बिहान उक्त क्षेत्रको निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा खड्गीले मेयर विद्यासुन्दर शाक्यले जानकारी नै नदिई आफूखुशी कंक्रिटको जग बनाउन अनुमति दिएको बताएकी थिइन्। त्यसैले यो जग कुनै पनि हालतमा फुटाउनुपर्ने बताएकी थिइन्।

विश्व सम्पदाको मर्मविपरीत कंक्रिटको संरचना निर्माण गरिएकोले डण्डी काटिदिएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले जनाए।

श्रेष्ठ भन्छन्, “काठमाडौं महानगरपालिका र मेयर शाक्यले यो ठाउँको महत्व नै बुझेनन्। हनुमान ढोका दरबार क्षेत्र राष्ट्रको गौरव हो। यो ठाउँमा कसैले केही गर्नुपर्दा सोच्नुपर्नेमा कंक्रिटको गौरवको झण्डा बनाउने नाममा कुरुप बनाउन लाग्यो। त्यसैले डण्डी काटिदिएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved