कर्णालीका सबै जिल्लामा ‘कांग्रेस जिताउँ’ अभियान शुरु

केन्द्र, प्रदेश, जिल्ला कार्यसमिति, पालिकास्तरले अभियानका लागि नेता तथा कार्यक्रतालाई अभियानमा खटाएका प्रतिनिधि एक महीनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने उपसभापति सहकारीले जानकारी दिए।

नेपालभ्युज

कर्णालीका सबै जिल्लामा ‘कांग्रेस जिताउँ’ अभियान शुरु

सुर्खेत। कर्णालीका १० ओटै जिल्लामा नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान शुरु गरेको छ। नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर अभियान शुरु गरेको हो।

उक्त अभियान कर्णाली प्रदेशका १० ओटै जिल्लाका ८९ ओटा स्थानीय तहमा नै शुरु भएको नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले जानकारी दिए।

“घर दैलोमा पुगेर जनतालाई कांग्रेसमा लाग्न उत्साहित गराउने र वामपन्थीहरूले गलत भ्रम फिँजाएको एमसीसीबारे जनतालाई प्रस्ट पार्ने अभियानको मुख्य उद्देश्य रहेको छ,” उनले भने, “हाम्रो अभियान कर्णाली प्रदेशका सबै जिल्ला, पालिका, वडा र टोलसम्म एक महीना चल्नेछ।”

केन्द्र, प्रदेश, जिल्ला कार्यसमिति, पालिकास्तरले अभियानका लागि नेता तथा कार्यक्रतालाई अभियानमा खटाएका प्रतिनिधि एक महीनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने उपसभापति सहकारीले जानकारी दिए।

उनले भने, “आगामी ३० वैशाखदेखि स्थानीय तह निर्वाचन मिति तय गरिएको छ। पार्टीलाई एक ढिक्का भएर लाग्न र आउँदो स्थानीय चुनावमा वडा सदस्यदेखि गाउँ र पालिकामा जितको सुनिश्चितता गर्न समेत नेतादेखि मतदातासम्म पुग्ने कांग्रेसको लक्ष्य रहेको छ।”

मुगुमा ३० फागुनमै अभियान शुरु भएको त्यसका लागि केन्द्रीय सदस्यले कर्णबहादुर बुढा अभियान शुरु गरेको र जिल्लाको ४५ वडामा ४५ जना जिल्ला कार्यसमितिका पदाधिकारी महाधिवेशन र महासमिति प्रतिनिधि खटाइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए।

कालिकोटमा अभियान शुरु भएको अभियानको नेतृत्व केन्द्रीय सदस्य बाबुराम बस्नेतले गरेको नेपाली कांग्रेस जिल्ला उपसभापति मीनबहादुर बोगटीले जानकारी दिए। “अभियानका क्रममा अहिले हामी सबै तहका नेता तथा कार्यक्रता गाउँमा खटिएका छौँ,” उनले भने, “यसले गाउँमा एक प्रकारको उत्साह ल्याएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved