नेपाल प्रहरीले भन्योः म्यादी प्रहरी भर्ना खुलेको छैन, भ्रममा नपर्नू

नेपालभ्युज

नेपाल प्रहरीले भन्योः म्यादी प्रहरी भर्ना खुलेको छैन, भ्रममा नपर्नू
फाइल तश्वीर

काठमाडौं। नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना हालसम्म नखुलाएको भन्दै भ्रममा नपर्न भनेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै केही दिनयता विभिन्न माध्यमबाट आउँदो स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाइएको भन्ने भ्रमपूर्ण सूचना आएको भन्दै त्यसको खण्डन गरेको हो। साथै प्रहरी प्रधान कार्यालयबाट यस प्रकारको भर्ना प्रकाशित र प्रसारित नगरिएको पनि जनाइएको छ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरीको भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेभसाइट तथा विभिन्न सञ्चारमाध्यममा भविष्यमा प्रकाशित गराइने पनि नेपाल प्रहरीले जानकारी गराएको छ।

 

 

May be an image of text that says 'फोन ०१-४४१२४३२ रकार पलय प्रहरी कार्यालय प्रहरी महीदि सेलाककी सचिवालय का्यालय, पत्र संख्या: ፓ०१-४४११२१० 1१०२,११५,११६ फूयाक्स ०१-४४१५५९३ प्रा.प.सं. (०७८/०७९) च.नं.:- पो.ब.नं. ४০७ नक्साल, काठमाडौं मिति: २०७८/११/२६गते विषय: प्रेस विज्ञति स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने "म्यादी प्रहरी" भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सज्जालमा राखिएको पाईएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं| ਪੀਰ 2060129126 प्रहरी वरिष्ठ उपरीक्षक (बिष्णु कुमार केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी Wesththtts:/w.epalpolic.cov.p E-mail: phgigs@nepalpolice.gov.np, phqigscpr@nepalpolice.gov.np'


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved