तरुण दल भोलिको देश चलाउने नेतृत्व होः नेता प्रदीप पौडेल

नेपाल भ्यूज

तरुण दल भोलिको देश चलाउने नेतृत्व होः नेता प्रदीप पौडेल

दमौली। नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभई भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन्।

नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन्।

उनले, सुसंस्कृती तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए। पौडेलले भने, विधि पद्धत्तिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ।

उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved