नेप्से ३०.३६ अंकले गिरावट

नेपालभ्युज

नेप्से ३०.३६ अंकले गिरावट

काठमाडौं। पछिल्लो समय लगातार गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ।

नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्तादेखि निरन्तर रूपमा कारोबार रकम पनि घटेको छ। बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ। भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक र फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रूपैयाँ बराबरको कारोबार भएको छ। बुधबार कारोबारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि माउन्टेन इनर्जी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ। त्यस्तै इमर्जीङ नेपाल, आईसीएफसी फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ। यता विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर र माउन्टेन हाइड्रोको शेयरमूल्य घटेको छ।

कारोबारमा आएको नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ५२ लाख रूपैयाँको शेयर कारोबार भएको छ। एनआईसी एशिया बैंकको १० करोड ४८ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रूपैयाँको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved