कांग्रेस धनुषा सभापतिको चुनाव दोश्रो चरणमा, पजियार अग्रस्थानमा

धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तीन हजार १७३ कुल मतदाता रहेकामा सोमबार दुई हजार ९१२ जनाले मतदान गरेका थिए । मतदानमा २६१ जना अनुपस्थित रहेका थिए।

कांग्रेस धनुषा सभापतिको चुनाव दोश्रो चरणमा, पजियार अग्रस्थानमा

जनकपुरधाम। नेपाली कांग्रेस धनुषामा सभापतिको लागि भएको निर्वाचनअन्तर्गत मंगलबार राति भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा गएको छ ।

पहिलो चरणको मत मरिणाममा संस्थापन इतर समूहका सभापतिका उम्मेदवार योगेन्द्र पजियार एक हजार २४८ मत ल्याउदै अग्र स्थानमा रहेका छन् ।

धनुषाको कांग्रेस सभापतिका लागि कुल खसेको मत तीन हजार ११९ को गणना गर्दा संस्थापन इतर पक्षका पजियारको अग्रता निरन्तर कायम रहेको हो।

मत गणनाको शुरुवातमा संस्थापन पक्षका सन्तोष यादवले अग्रता लिएका थिए । तर मतगणनाको पछिल्लाे परिणामबाट पजियारले अग्रता लिदै गए।

सार्वजनिक मतपरिणामअनुसार सभापतिका उम्मेदवारहरु योगेन्द्र पजियार एक हजार २४८, सन्तोष यादव ८८२ र दिनेश प्रशौलाले ६३० मत प्राप्त गरेका छन् । बदर मत १५८ रहेको छ ।

निर्वाचन अधिकृत अरुण ज्ञवालीले दिएको जानकारीअनुसार पहिलाे र दोश्रो स्थानका सफल उम्मेदवारद्वय योगेन्द्र पजियार र सन्तोष यादव बीच दोश्रो चरणको निर्वाचन २६ फागुन बिहान आठ बजेदेखि हुनेछ।

कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार अबेर राति सम्पन्न मतदानको मतगणना मंगलाबार दिउँसो दुई बजेर ३५ मिनेटदेखि शुरु भई राति १२ बजे सम्पन्न भएको थियो।

धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तीन हजार १७३ कुल मतदाता रहेकामा सोमबार दुई हजार ९१२ जनाले मतदान गरेका थिए । मतदानमा २६१ जना अनुपस्थित रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved