पाँच वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

नेपालभ्युज

पाँच वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

काभ्रे। केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ।

कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो।

यस्तै, विविध कसुरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved