मालपोत कार्यालय कैलालीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

नेपालभ्युज

मालपोत कार्यालय कैलालीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

कैलाली। बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले मालपोत कार्यालय कैलालीमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम गरेको छ। असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन कार्यक्रम गर्दै आएको बासले शुक्रबार धनगढीस्थित मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम गरेको हो।

कार्यक्रममा घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, सेवाग्राहीलाई विभिन्न बहानामा नझुलाऔं,  भ्रष्ट कर्मचारीलाई कारबाही गरौं जस्ता नारा लेखिएका पोस्टरहरू प्रर्दशन गरेका थिए।  भ्रष्टाचारविरुद्ध शुद्धिकरण कार्यक्रम लेखिएको ब्यानर र पोस्टरसहित १ घण्टा कार्यालय परिसर अगाडि शान्तिपुर्ण प्रर्दशन गरिएको थियो।

प्रर्दशनपछि बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न १० बूँदे ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा मालपोत कार्यालयमा सुशासन बहालिका लागि कार्यालयमा भइरहेका सबै खालका भ्रष्टाचारहरूको नियन्त्रण गर्न,  सरकारी साधनको दुरूपयोगमा रोक लगाउन, नियमित नागरिकको गुनासो सुनुवाई गर्न सुझाव दिइएको थियो।

ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रदेश संयोजक जैशीले मालपोत कार्यालयमा हुने सबैखालका भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई तत्काल नियन्त्रण गरी सुशासन कायम गर्न अनुरोध गरेका थिए। यस्तै बासले भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम अन्य सरकारी कार्यालयहरूमा समेत निरन्तरता दिइने बताए।

यस्तै कार्यालय प्रमुख केसीले बासले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न निरन्तर अभियानमा लाग्ने बताए। उनले तल्लोभन्दा माथिल्लो निकायमा बढी भ्रष्टाचार हुने गरेको भन्दै सबै तहमा बासले अभियान चाल्नुपर्ने धारणा राखे।

भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रममा बास कैलाली शाखाका झण्डै १२ जनाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved