मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ।

बा ६४ प १३९६ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाई समेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved