बिहान ३ बजे नै मन्त्री आले पशुपतिनाथ क्षेत्रमा सक्रिय

नेपालभ्युज

बिहान ३ बजे नै मन्त्री आले पशुपतिनाथ क्षेत्रमा सक्रिय

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले बिहानैदेखि खटिएका छन्। मन्दिरमा भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर एवं पूजाको व्यवस्थापनमा उनले आजै बिहान ३ बजे नै मन्दिर पुगेर आवश्यक सबै तयारी गरेका थिए।

यसअघि उनले पाशुपत क्षेत्रका भित्ता तथा खाली स्थानमा भगवान्का तस्बिर बनाउने, विभिन्न रङ्गका फूलले यस क्षेत्र सजाउने आदि काम गर्न निर्देशन दिएका थिए। गत हप्तादेखि नै महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा गर्नुपर्ने काममा उनी खटिरहेका थिए। यस पटकको महाशिवरात्रि पर्वमा पशुपतिनाथमा मेला तथा दर्शन गर्न सहज र व्यवस्थित भएको देखिएको छ।

आज मध्याह्नदेखि पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मीको सङ्ख्या पनि थप गरिएको बताइएको छ।

प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीको राति मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन भएको बताइन्छ। परब्रह्मले फाल्गुण कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

यसैगरी पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्री आले (कोषका अध्यक्षसमेत हुन् उनी) को अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved