विराज र अरुणालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

वर्ष २०७७ मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा संघले उत्कृष्ट १५ पुरुष र १२ महिला खेलाडीलाई सम्मानित गरेको हो।

नेपालभ्युज

विराज र अरुणालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई एनएनआईपीए स्पोर्टस अवार्डद्वारा सम्मान गरेको छ।

फुटबलका पूर्वकप्तान विराज महर्जन र महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्। यस्तै, पलेसा गोवर्द्धनले उत्कृष्ट पाराएथ्लेट अवार्ड पाएकी छन्।

वर्ष २०७७ मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा संघले उत्कृष्ट १५ पुरुष र १२ महिला खेलाडीलाई सम्मानित गरेको हो।

एनएनआईपीए स्पोर्टस अवार्डको १६ औँ सस्करण मंगलबार ललितपुर, गोदावरी नगरपालिका स्थित बज्र बारही मन्दिरमा परिसरमा आयोजना भएको हो।

गत वर्ष कोभिडका कारण धेरै प्रतियोगिताहरु सञ्चालन हुन सकेको थिएन। त्यसैले नेपाल ओलम्पिक कमिटीमा आधिकारिक रुपमा रहेका २७ खेलका खेलाडीलाई सो खेल संघको सिफारिसका आधारमा सम्मानित गरिएको हो।

अवार्डसँगै खेलाडीले १०/१० अजार नगद पुरस्कार पनि प्राप्त गरेका छन्।

एनएनआईपीए स्पोर्टस अवार्ड प्राप्त गर्ने उत्कृष्ट २७ खेलाडी निम्न छन्:

प्रिन्स दाहाल – ब्याडमिन्टन

विराज महर्जन – फुटबल

सदिना श्रेष्ठ – बास्केटबल

किरणसिंह बोगटी – एथलेटिक्स

ज्ञानु अवाले – आर्चरी

सुष्मा तामाङ – बक्सिङ

राजेश मगर –साइक्लिङ

कष्मिरा शाह – गल्फ

अन्जना चन्द – हक्की

अंकिता कार्की – फेन्सिङ

विशाल बस्नेत – ह्यान्डबल

रोशन बुढाथोकी – जिम्न्याष्टिक

विप्लभ श्रेष्ठ – कराते

सुमन तामाङ – र्‍याफटिङ एन्ड क्यानोइङ

सुुमित्रा राई – जुडो

सफलराम श्रेष्ठ – स्की

अनुभव सुब्बा – पौडी

कृष्ण थापा – सुटिङ

नागेश्वर थारु – कबड्डी

स्यान्टु श्रेष्ठ – टेबल टेनिस

पार्वती गुरुङ – तेक्वान्दो

हिमाल टमाटा – ट्रायलथन

अभिलाषा विष्ट – लन टेनिस

अरुणा शाही – भलिबल

कमला श्रेष्ठ – भारोत्तोलन

निमा घर्तीमगर – उसु

सुरेश चुनारा – कुस्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved