निष्कर्षविहीन वार्तापछि युक्रेनमा रूसी हमला जारी

उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रूसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ।

नेपालभ्युज

निष्कर्षविहीन वार्तापछि युक्रेनमा रूसी हमला जारी

काठमाडौं। रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो।

रूसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।

युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रूस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रूस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने बताएका छन्।

उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रूसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ।

यसरी नागरिकको आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रूसले अस्वीकार गरेको छ। यता राजधानी किभमा भने खतराको संकेत दिने साइरनहरु बजेका बताइएको छ।

त्यस्तै, युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ। रूसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ।

रूसले आक्रमण गरेका स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ। जसका कारण रूसी सेनाको अगाडि बढ्ने गति कम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved